‘नसिव आफ्नो’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिदा नायक जीवन लुइँटेलको चर्चा नेपाली सिनेवृतमा खुबै थियो । यतिसम्मकी एकलौटी बजार खाँदै आएका नायक आर्यन सिग्देल समेत जीवनको इन्ट्रीले धर्मराएका थिए । तर, अहिले जीवनका चलचित्रहरुले बजार पिट्न छोडेको पनि झण्डै २ बढी भइसकेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’ बाहेक जीवनका ब्लकबष्टर चलचित्र छैनन् भन्दा गलत नहोला । लगातार कमजोर भूमिका देखिनुले पनि जीवनलाई सफलताको ह्याट्रिक मार्न गाह्रो भइरहेको छ । यस्तै माघ २८ गते उनी अभिनित अर्को चलचित्र ‘लेक साइड’ प्रदर्शनमा आउँदैछ । केही बर्षदेखी सफलताको स्वादले मुख मिठ्याउन नपाएका जीवनका लागि ‘लेक साइड’ ले कतिको राहत देला त्यो भने माघ २८ पछि नै थाहा हुनेछ । त्यस्तै चलचित्र ‘लेक साइड’ की नायिका नीता ढुंगाना पनि यति बेला आफ्नो करियर माथी उठाउने सफल चलचित्र खोजी रहेकी छिन् । पछिल्ला केही बर्षदेखी लगातार आफु अभिनित चलचित्रहरु फल्प हुँदा उनलाई आफ्नो स्थान जोगाउन नै हम्मेहम्मे परिरहेको छ । यस कारण पनि चलचित्र यी दुई कलाकारका लागि लेक साइड सफल भए धेरै राहत पुग्ने देखिन्छ ।
सुन्दर नगरि पोखराको पर्यटक स्थल लेकसाइडमा सङ्गीतको खोजीमा दौडिने एउटा पात्रको रुपमा जीवन लुइटेल चलचित्रमा देखा पर्नेछन । जसको सपनामा विश्वास गरी साथ दिनेछिन् नायिका निता ढुंगानाले । चलचित्र ‘नोटबुक, भुलभूलैया’ र ‘धुन’ पछि जीवन र नीताले ‘लेक साइड’ चलचित्रमा चौंथौ पटक काम गरेका हुन् । राजु अधिकारीको निर्देशनमा बनेको यो चलचित्र आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भएको हो । लेक साइड चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एण्जल ढुंगानाले निर्माण गरेका हुन् ।