बैंकर अनिल शाह छायांकन सुरु हुन लागेको बायोपिक ब्लाइन्ड रक्समा अनुबन्धित भएका छन् । निर्देशक मिलन चाम्सले शाहको अनबन्धनबारे पुष्टि गर्दै उनलाई फिल्म ‘ब्लाइन्ड रक्स’ मार्फत डेब्यु गराउन लागिएको जनाए । ‘उहाँ सुरुदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिकामा हुनुहुन्छ’, चाम्सले भने । निर्माणपक्षले चलचित्र ‘ब्लाइन्ड रक्स’ मा अनिल शाहको भूमिका कस्तो छ त्यो भने खुलाउन चाहेन । निर्देशक चाम्सका अनुसार, चलचित्रमा अनिल शाह एक महत्वपूर्ण भूमिकामा रहनेछन् ।
आगामी सातादेखि फ्लोरमा जान लागेको यो फिल्म दृष्टिविहिन युवती सृष्टि केसीमाथि बन्न लागेको हो । नेपाल बैंकिङ संघका अध्यक्ष समेत रहेका शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । निकेश लिम्बुले निर्माण गर्न लागेको फिल्ममा बेनिशा हमाल सृष्टिको भूमिकामा अभिनय गर्दैछिन् । फिल्ममा गौरी मल्ल र नाजिर हुसेन समेत छन् ।