नायिका प्रियंका कार्की र विवाद एकअर्काका परिपुरक हुन । उनी प्राय स्क्यान्डलमा आईरहन मन पराउँछिन्, चाहे त्यो पहिरनको कारणले होस् वा सामाजिक सञ्जालमा अनौठा-अनौठाका आफ्नै तश्वीर पोष्ट गरेकै कारणले किन नहोस् । हाल ‘बटरफ्लाई’ चलचित्रमा व्यस्त प्रियंकाले इन्स्टाग्राममा आफ्नै एक अनौठो तश्वीर पोष्ट गरेकी छिन् । फोटोसँगै उनले लेखेको क्याप्सन पनि निकै आश्र्चय लाग्दो छ । उनले फोटोसँगै लेखेको क्याप्सनले यही प्रश्न गर्छ कि ‘कतै प्रियंका कार्की गर्भवती त भइनन् ?’ किनकी प्रियंकाले यस्तै एक तश्वीर आफ्नो आधिकारीक इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उनले रमाईलोका लागि आफ्नो पेटमा कपडा बाँधेर गर्भवती महिला बनेकी छिन् र लेखेकी छिन्, ‘मलाई लाग्छ म प्रेगनेन्ट भएँ।’
तश्वीरले उनी मजाक गरिरहेको स्पष्ट थाहा हुन्छ । एउटा कुरा के बताइदिउँ भने २०६७ साउन १ गते नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विवाह गरेकी थिइन । त्यति बेला प्रियंका २५ बर्षकी थिइन । रोचकलाई डिभोर्स दिएपछि नेपाली चलचित्रमा सक्रिय प्रियंकाको यसै बर्षको भदौ २४ गते चलचित्र ‘छक्का पन्जा’ रिलिज भएको थियो ।