‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै गायक बि.पि. वाग्लेले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । सिंगल छु… बोलको गीतको भिडियोमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र मोडल विकास लामिछानेको आकर्षक नृत्य समेत छ । यो गीतमा र्यापर गिरिश खतिवडाले समेत आफ्नो र्याप दिएका छन् । भिडियोमा पनि गिरिशलाई फिचरिङ् गरिएको छ । मिशन इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको गीतमा शुरेस अधिकारीको संगीत तथा राचल शर्माका शब्द छन् । गीतको भिडियोलाई रुद्र बोहराले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । कोरियोग्राफर दिपेन्द्र शाही ठकुरी हुन् ।