निर्देशक : आशुतोष गोवारिकर
कलाकारहरु : ऋतिक रोशन, पूजा हेगड़े, कबीर बेदी, सुहासिनी मुले र अरुणोदय सिंह ।
म्यूजिक डायरेक्टर : ए आर रहमान
प्रोड्यूसर : सिद्धार्थ राय कपूर र सुनीता गोवारिकर
जनर : पीरियड ड्रामा
‘जोधा अकबर’ पछि फेरी एकपटक फेरी ऋतिक रोशन र आशुतोष गोवारिकरको फिल्म ‘मोहनजो दाड़ो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । बलीउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यो चलचित्रको कहानी ५ हजार बर्ष पुरानो रहेको बताइएको छ । यही चलचित्र हेरेपछि गरिएको समिक्षा :-
कहानी
चलचित्रको कहानी एक आमरी गांवको एक किसान परिवारको छोरा सरमन (ऋतिक रोशन) हुन्छन् । जो चर्चित नगर मोहनजो दाड़ो जाने सपना देख्छन् र एकदिन ऋतिक उक्त ठाउँ गएरै छोड्छन् । मोहनजो दाड़ोमा ऋतिकको त्यहाँकी पुजारीकी छोरी चानी (पूजा हेगड़े) सँग प्रेम बस्छ तर उनको बिहे त्यहाँको महम (कबीर बेदी) सँग तय भइसकेको हुन्छ । महम सरमनले ऋतिकलाई चुनौती दिन्छन् । महमले यसमा खरो उत्रियो भने चानीलाई छोडिदिने बताउँछन् । यसमा ऋतिक खरो उत्रिन सक्छन् वा सक्दैनन् त्यो हेर्न भने हलसम्म नै जानु पर्छ ।
डायरेक्टर
फिल्मको डायरेक्शन राम्रो छ । प्री(हिस्टोरिक इन्डस देखाउनका लागि निर्देशक आशुतोषले निकै मेहनत र वर्कसप गरेको देख्न सकिन्छ । तर चलचित्र हेरेपछि कथालाई केही छोट्याएको भए अझ राम्रो हुने अनुमान लगाउन पनि सकिन्छ ।
अभिनय
ऋतिक रोशनले सरमनको भुमिका राम्रोसँग निभाएका छन् । त्यस्तै पूजा हेगड़ेको कुरा गर्ने हो भने उनले आफ्नो पहिलो चलचित्र भन्दा यसमा निकै राम्रो काम गरेकी छिन् । कबीर बेदी, अरुणोदय सिंह र सुहासिनी मुलेसहित बाँकी एक्टर्सले पनि आफ्नो भुमिकालाई धेरै राम्रोसँग निभाएको देखिन्छ ।
म्यूजिक
फिल्ममा म्यूजिक ए आर रहमानको छ । फिल्मका गीतहरु रिलिज अगाडी नै हिट भइसकेका छन् । तू है र सरसरियासहित अन्ग गीतहरु सुन्नका लागि निकै राम्रो बनेको छ । गीतको बैकग्राउन्ड म्यूजिक पनि ठिक देखिन्छ ।
हेर्ने कि नहेर्ने
यदी तपाई ऋतिक रोशनको डायहार्ट फ्यान हुनुहुन्छ र पीरियड ड्रामा देख्न चाहनुहुन्छ भने मोहनजो दाड़ो हेर्दा राम्रो हुन्छ ।
साभार : बलीउड भाष्करबाट