‘कोटेयोर फेसन विक’ को नेपाली संस्करणका लागि मिस होण्डुरस र मिस पराग्वे नेपाल आएका छन् । बौद्ध स्थित होटल हायात रिजेन्सीमा आज साँझ हुने फेसन विकमा मिस होण्डुरस र मिस पराग्वेसँगै बर्लिन, फिनल्याण्ड र अमेरिकाका सुपर मोडल र्याम्पमा हिड्नेछन्। अक्विनो आन्द्रेस अक्विनोको डिजाइनमा उनीहरु र्याम्पमा उत्रन लागेका हुन्। उनीहरुलाई रनवेमा अन्तराष्ट्रिय पहिचान बनाएका नेपाली मोडलहरु आस्था पोखरेल, दीपक घिमिरेले साथ दिनेछन्। साथै आना शर्मा, गौरव पहारी, मलिना जोशी, सृष्टि श्रेष्ठ पनि र्याम्पमा प्रस्तुत हुनेछन्। कोटेयोर फसन विक न्यूयोर्कको सहकार्यमा एभरेष्ट इभेन्ट्स एण्ड एक्जिविसनले नेपालमा आयोजना गरेको हो।