अर्को बर्षको असार ३० गतेलाई रिलिज डेट लक गरिएको चलचित्र ‘सायद २’ को नयाँ गीत रिलिज भएको छ । ‘उडें उडें उडें’ बोलको गीतमा चलचित्रका कलाकारहरु मस्ती मूडमा छन् । सुगम पोख्रेल, सागर पाण्डे, अस्मिता उप्रेती र कमल के. क्षेत्रीको स्वर रहेको गीतमा सुगमकै शब्द र संगीत रहेको छ । गीतलाई यूवापुस्ताका दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।
सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल तामाङ सहित निर्माता सुनिल रावलको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रलाई पुष्पराज तिम्लिसनाले निर्देशन गरेका हुन । हाल सम्पादन कार्य चलिरहेको ‘सायद २’ लाई उपत्यकामा डीसीएन र मोफसलमा एफडीले वितरण गर्दैछ । ‘सायद २’ मा सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माताको रुपमा रहेका छन् भने हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माता रुपमा छन् । चलचित्रको कथा सुनिल रावलले तयार पारेका हुन ।