अहिलेकी व्यस्त नायिका प्रियंका कार्की र सिक्स प्याक हिरो आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बटरफ्लाई’ (कलर्स अफ लाइफ) को होली लक्षित गीत सार्वजनिक भएको छ । फागुन २९ र ३० गते नेपालीहरुको महानपर्व फागु पर्णिमाको अवसरमा पारेर चलचित्र ‘बटरफ्लाई’ यूनिटले होली लक्षित गीत सार्वजनिक गरेबको हो । गीतमा चलचित्रकी नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी सप्तरंगी रंगहरुसँग प्रेमको रंगमा पोतिएका छन् ।
‘होली रे’ बोलको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर, प्रमोद ढुंगानाको शब्द र विकास चौधरीको संगीत रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फागु पुर्णिमामा यो गीतले हंगामा मच्चाउने निर्माणपक्षको दाबी छ । सम्पूर्ण छायाँकन पूरा नभइसकेको यो चलचित्रको पर्वत, चितवन लगायतका ठाउँहरुमा प्रियंका र आर्यनको प्रेमिल दृश्यहरु कैद गरिसकिएको छ ।
यो चलचित्रमा आर्यन र प्रियंकाको अलवा अर्पण थापाको पनि मुख्य भूमिका छ । ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ ।
रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सह-निर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहेको छ ।