कलाकारहरु : अक्षय कुमार, इलियाना डिक्रूज, ईशा गुप्ता, अर्जन बाजवा, कुमुद मिश्रा र पवन मल्होत्रा ।
डायरेक्टर : टीनू सुरेश देसाई
प्रोड्यूसर : जी स्टूडियो, क्रियार्ज एन्टरटेनमेन्ट, केप अफ गुड फिल्म्स, प्लान सी स्टूडियो, नीरज पान्डे
म्यूजिक डायरेक्टर : आर्को प्रावो मुख़र्जी, जीत गांगुली, अन्कित तिवारी, राघव सच्चर
जनर : मिस्ट्री थ्रिलर
बर्षमा चार फिल्मसम्म काम गर्ने बलीउडस्टार अक्षय कुमारको यो बर्ष ‘एयरलिफ्ट’ नामक चलचित्र प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले सय करोड पार गरेपछि शुक्रबारबाट उनका अर्को चलचित्र ‘रुस्तम’ प्रदर्शनमा आएको छ । नीरज पाण्डेको प्रोडक्शनमा निर्माण भएको रुस्तमलाई टीनू सुरेश देसाईले निर्देशन गरेका हुन् । आउनुहोस् कस्तो छ त फिल्म रुस्तम, पढ्नुहोस् समिक्षा :-
कहानी
फिल्मको कहानी इण्डियन नेवीको अफिसर रुस्तम पावरी (अक्षय कुमार) र उनकी वाइफ सिन्थिया पावरी (इलियाना डिक्रूज) मा घुमेको छ । यि दुई खुसीको जिन्दगी विताइरहेका हुन्छन् । तर एकदिन उनीहरुको जिन्दगीमा निकै ठूलो तुफान आउँछ । जब रुस्तमलाई थाहा हुन्छ कि आफ्नी श्रीमतीको अफेयर आफ्नै साथी विक्रम मखीजा (अर्जन बाजवा) सँग चलिरहेको हुन्छ । यो कुरा रुस्तमले थाहा पाएपछि विक्रममाथी तिन गोली चलाउँछन्, जुन कुरा अदालतसम्म पुग्छ । फिल्मको कहानी दिल्ली र लण्डनका गोलीधारीमा पनि घुमेको छ । यसै बिच फिल्ममा कयौं ट्विस्ट आउँछ त्यो हेर्न भने हलसम्म नै जानु पर्छ ।
डायरेक्शन
फिल्मको डायरेक्शन राम्रो छ र ५० को दशकको घटनालाई पनि फिल्ममा निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा स्क्रीनप्ले, भाषा, कपडा र आसपासको माहोललाई निकै छोटो तरिकाले दोखाइएको छ, जुन पक्ष निकै उत्कृष्ट देख्न सकिन्छ । शूटिंगको दौडान १९५० को ब्याकड्रपलाई पनि महत्वपुर्ण तरिकाले देखाइएको छ । सिनेमेटोग्राफी पनि निकै तारिफ योग्य छ । फिल्म लामो भएपनि सम्पादनमा केही ध्यान दिइएको भए अझ चलचित्र निकै सुन्दर बन्ने अनुमान लगाउन सकिन्छ ।
कलाकारको अभिनय
अक्षय कुमारले पहिलो पटक नेवी अफिसरको भुमिका निर्वाह गरेका छन्, जुन भुमिका निकै उत्कृष्ट देखिन्छ । ईशा गुप्ता आफ्नो भुमिकामा ठीकठाक देखिएका छन् । इलियाना डिक्रूज, अर्जन बाजवा, पवन मल्होत्रा, कुमुद मिश्रा र अन्य कलाकारहरुको अभिनय पनि राम्रो देखिन्छ ।
म्यूजिक
फिल्मको म्यूजिक राम्रो बनेको छ । फिल्ममा समाबेश तेरे संग यारा र तय है गीत राम्रा छन् ।
फिल्म हेर्ने कि नहेर्ने
यदी तपाई अक्षय कुमारको फ्यान र मिस्ट्री फिल्म मनपराउनु हुन्छ भने एकपटक रुस्तम हेर्दा राम्रै हुन्छन् ।
साभार : बलीउड भाष्करबाट