विश्वकै चर्चित अमेरिकी अखबर न्यूयोर्क टाइम्सले विश्वका नयाँ नौ निर्देशकहरुको सूची तयार पारेको छ । जसमा नेपाली चलचित्र “हाइवे” र “सेतो सूर्य” निर्देशक दीपक रौनियारलाई न्यूयोर्क टाइम्सका क्रिटिक्स एओ स्कट र मनोला डाग्रिसले नौ औं विश्वका नयाँ निर्देशकको सूचीमा राखेका छन् । न्यूयोर्क टाइम्समा मनोला डाग्रिसले चलचित्र “सेतो सूर्य” को र निर्देशक रौनियारको बारेमा यस्तो लेखेका छन् ।
विभिन्न फेस्टिभलहरुबाट अवार्ड उचालेको रौनियार निर्देशत चलचित्र “सेतो सूर्य” ले नेपाली दर्शकहरुबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो । तर, नेपानलमा यो चलचित्र व्यवसायिक सफलता भने हात पार्न सकेन । दीपक रौनियार चाँडै नायक दयाहाङ राईलाई मुख्य भूमिकामा लिँदै चलचित्र “राजा” निर्देशन गर्ने तयारीमा छन् । अहिले रौनियार विहिबारदेखी सुरु हुन लागेको एक फिल्म फेस्टिभलका लागि अमेरिकामा छन् । यो फेस्टिभलमा सेतो सूर्यसहित ८ चलचित्र प्रदर्शन हुँदैछन् ।