संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन भएको नौ दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना सुरु गरेका छन् । यो कुनै नयाँ सरकार होइन, डेट स्पाइरहरुको जमात हो, एसकाठमाडौंसँग कुरा गर्दै यादवले भने पुराना र काम नलाग्ने औषधी जस्ता ब्यक्तिहरुको सरकार हो, कुनै उपाय नपाएपछि हामीले डेट स्पाएर औषधी रोजेका हौ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न र नेकपा माओवादी नेतृत्वको सरकार निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका यादवले सरकारले पूर्णता नपाउँदै आलोचना सुरु गरेका छन् । समस्या सामधानका लागि ओली सरकारसँग केही उपाय थिएन, प्रचण्डजीको सरकारसँग उपाय त छ तर डेट स्पाएर औषधी जस्तो छ, उनले भने केही सिप नपाएपछि र ओली सरकारबाट मुक्ति पाउन डेट स्पाएर औषधी रोजेका हौ ।
ओली सरकार निर्माणदेखि नै विपक्षमा रहेका यादवले अविश्वासमा प्रस्तावका पक्षमा समेत हस्ताक्षर गरेका थिए । ओलीलाई ढाल्न र दाहाललाई प्रधानमन्त्री बनाउन उनी र मोर्चा नेताहरुले निकै कम्मर कसे । संविधान संशोधनसहित तीन बुँदे लिखित सर्तसहित मधेसी मोर्चाले दाहाललाई प्रधानमन्त्रीमा सघाएको थियो ।
असन्तुष्टीका दुई कारण
बिजयकुमार गच्छदार र उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा नलिन यादवले प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वारम्वार दवाव दिँदै आएका थिए । अलिखित सर्तकै रुपमा उनले यो प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवा गच्छदारलाई मन्त्री बनाउन नसक्ने भएपनि उनको पार्टीबाट दुई मन्त्री बनाउन सहमत भएका छन् । फोरम लोकतान्त्रिकलाई सरकारमा लिने दाहाले तयारी थालेपछि यादव रुष्ट बनेका छन् ।
दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्टमन्त्री हुने यादवको चाहना थियो । उनले प्रधानमन्त्री दाहाल र सभापति देउवासँग यो प्रस्ताव पनि गरेका थिए । दाहाल र देउवा सकारात्मक भएपनि मधेसी मोर्चाले सरकारमा नजाने निर्णय गरयो । आफु सरकारमा जान नपाउने भएपछि यादव रुष्ट बनेका छन् ।एस काठमाडौं