नेपालमा भदौ ३ गते काठमाडौं भित्र र भदौ २ गते मोफसलबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाईट २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । नेप्लेका संन्जयकुमार शाहले यो चलचित्र अष्ट्रेलियामा प्रदर्शन गर्न लागेका हुन् । ‘चपली हाईट –२’ अगष्ट महिना भित्रबाट अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन शुरूवात गरिने शाहले बताए । चलचित्र प्रदशनीको ब्यबस्था नेप्ले ईभेन्टसले गरेको हो । ‘चपली हाईट–२’ बिशेष गरेर यूबा पुस्ताको चाहनालाई ध्यानमा राखेर ल्याईए पनि यसले सबै किसिमका दर्शकहरूको मन जित्ने कुरामा हामी ढुक्क छौ’ आयोजक शाहले भने । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, परिमिता राना र मरिष्का पोख्रेलको प्रमुख भुमिका रहेको छ ।