२०५७ सालमा प्रदर्शनमा आएका सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल अर्को बर्षको भदौ १६ गते रिलिज हुँदैछ, जसलाई ‘ए मेरो हजुर’ मा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी प्रेमिका बनेकी नायिका झरना थापाले निर्देशन गरेकी हुन । झरनाले पहिलो पटक यो चलचित्रमार्फत निर्देशनमा हात हालेकी हुन् । यो चलचित्रको एक गीतले अहिले युटयुबमा धुम मच्चाइरहेको छ । गएको आइतबार साँझ रिलिज गरिएको चलचित्र ‘ए मेरो हजुर २’ को ‘कसम हो’ गीतको भिडियो युटुबको नम्वर वान ट्रेन्डिङमा बस्न सफल भएको छ । हामीले समाचार तयार पार्दासम्म यो गीत हेर्नेको संख्या ६ लाख नाघिसकेको छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक सलिनमान बाँनियाको जोडीलाई दर्शकहरुले खुबै मन पराएका छन् । साम्राज्ञी र सलिनमानको लोभलाग्दा क्यामेष्ट्री र मनमोहक लोकशनले गीतको चर्चा राम्रै चुलिएको छ । यो गीत मुस्ताङको तिलिचो तालमा माइनस १० डिग्री सेल्सियसमा खिचिएको हो । संभवत नेपाली चलचित्रको कुनै गीतले रिलिजको दुईदिनमा नै युटुबको नम्वर वान ट्रेन्डिङमा र ६ लाख बढी भ्यूअर्स पाएको पहिलो पटक हो । दर्शकहरुले गीतमा साम्राज्ञीको बोल्ड लुक्सको खुबै तारिफ गरेका छन् । त्यस्तै, नव-नायक सलिनमान बाँनियाको क्यूट लुक्सको तारिफको बर्षा पनि उतिक्कै भइरहेको छ ।
कल्याण सिंहको संगीत, कृष्णहरी बरालको शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी हुन् भने सिनेम्याटोग्राफी सञ्जय लामाको छ ।
केही दिन अगाडी टीजर र हालै सार्वजनिक भएको कसम हो बोलको गीतले नै चलचित्र ‘ए मेरो हजुर २’ अर्को बर्षको बहुप्रतिक्षित सिनेमा बनिसकेको छ । अब हेर्न यति बाँकी रह्यो कि गीतले जसरी युटुबमा धुम मच्चइरहेको छ के त्यो हलमा पनि हुन सक्ला ? अब यसको रिजल्ट हेर्न भने भदौ १६ सम्म त कुर्नै पर्नेछ ।