हिन्दू महिलाहरुको महानपर्व हरितालिका तिजलाई लक्षित गर्दै भदौ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘लालजोडी’ को अर्को नयाँ गीत रिलिज भएको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘लालजोडी’ को ‘माँ कसम’ बोलको गीतमा नायिका रेखा थापा र प्रल्हाद तिमिल्सिनाको आवाज रहेको छ । गीतमा संगीत थानेश्वर गौतमको छ । ज्योति काफ्ले र रजनी केसी फिचरिङ गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । ‘लालजोडी’ बाट डेब्यु गर्दै गरेका ज्योति काफ्ले सानो पर्दामा नेता बाबुराम भट्टराईको क्यारिकेचरसँगै गेटअपको नक्कल गरी चर्चामा आएका हुन्। फिल्ममा पनि लालेको भूमिकासँगै नक्कली बाबुरामसमेत बनेर अभिनय गरेका छन्। ज्योतिका साथै फिल्ममा रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायतको भूमिका रहेको छ। निर्देशक सुवेदीकै लेखन तथा निर्माण रहेको ‘लालजोडी’ मा रामेश्वर कार्कीको छायांकन, नवीन निरौलाको सम्पादन, रामजी लामिछानेको नृत्य, अष्ट महर्जनको फाइट हेर्न पाइन्छ।