पछिल्लो समय निर्माताहरु चलचित्र निर्माण अगावै र फ्लोरमै रहँदा रिलिज डेट घोषणा गर्ने गरेका छन् । जसले गर्दा उक्त मितिमा अन्य चलचित्र रिलिज हुने संभावना न्यून हुने भएका कारण निर्माताहरुले यो चलाखी उपनाउने गर्छन । यसबाट नायिका निशा अधिकारी पनि चुकिनन् । पहिलो पटक चलचित्र निर्माणमा उत्रिएकी निशा अधिकारीले ‘झ्यानाकुटी’ को रिलिज डेट फ्लोरमै रहँदा घोषणा गरेकी छिन् । सुनिल मानन्धरले वितरण गर्ने यो चलचित्र अब अर्को बर्षको भदौ ८ गते रिलिज हुनेछ । तपाईहरुलाई बताइदिउँ कि यो मितिमा यसअघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ रिलिज हुने फाइनल भैसकेको छ । अहिलेसम्म फ्लोरमा नगएका कारण सायद निशालाई ‘कृ’ उक्त मितिमा रिलिज हुने संभावना न्यून भएका कारण आफु्नो चलचित्र रिलिज गर्न लागेको बुझिएको छ । यदी यसो भए त ठिकै भयो नभए अनमोल केसीसँग एकै मितिमा आफ्नो चलचित्र भिडाउनु निशाका लागि सजिलो भने हुने छैनन् । निशाको निर्माण रहेको चलचित्र ‘झ्यानाकुटी’ मा सौगात मल्ल, कर्मा शाक्य र बेनिशा हमालको मुख्य भूमिका रहेको छ । अहिले यो चलचित्रको धम्पुसमा धमाधम छायाँकन भइरहेको छ । चलचित्रलाई सिमोस सुनुवारले निर्माण र निर्देशन गरेका हुन ।