गत महिना नेपाली गीत संगीतमा चर्चा अनि परिचर्चामा रह्यो हेमन्त रानाको ‘सुन साईली’ बोलको गीत । यो र यस्तै नामको आसपासमा रहेर धेरै गीत पनि बने । यो बीचमा युवा गीतकार कृष्ण कट्टेलको स्वरमा समावेश ‘ज्यान साईली’ पछिल्लो पटक चर्चामा छ ।
कट्टेलकै शब्द रहेको गीतमा संगीत भुवन प्रकाशले भरेका छन् । गीतको भिडियो पनि सार्वजनिक भएको छ । जहाँ युएईमा बस्दै आएका पवित्र भण्डारी र अभिनेत्री हर्षिका श्रेष्ठले कम्मर मर्काएका छन् । पर्यटनको भुमिकामा देखिएका पवित्रले घुम्दै जाँदा हर्षिका भेटेको अनि प्रेम साटेको कथा गीतले बोल्छ ।
हट गर्लको उपमा पाउने हर्षिका भने गीतमा टिपिकल नेपाली भेषमा देखिएकी छिन् । भिडियोलाई वरिष्ठ पत्रकार भरत शाक्यले निर्देशन गरेका हुन् ।
हेर्नुहोस भिडियोः