वलिउडको पछिल्लो समय स्थापित भएको अनि दर्शकले मन पराएको कोहि जोडी छ भने त्यो हो आलिया भट्ट र वरुण धवनको जोडी । पछिल्लो पुस्ताका उदयिमान यी दुई स्टार एकसाथ फेम हुँदा युवापुस्तामाझ निकै लोकप्रिय पनि छन् । तर अब यो जोडी तत्काल एकसाथ पर्दामा नआउने भएको छ ।
‘स्टुडेण्ट अफ दि ईएर’, ‘हम्टी शर्माकी दुल्हनिया’, ‘बद्रिनाथकी दुल्हनिया’मा एकसाथ काम गरेका अनि निर्मातालाई मुनाफा पनि दिन सफल वरुण र आलियाले सहमतीमै एकसाथ काम नगर्ने निर्णय गरेको वलिउड मिडियामा खबर छ ।
‘ब्याक टु ब्याक’ पर्दामा आईरहँदा दर्शकलाई ‘मोनोटोनस’ हुनसक्ने भन्दै जे कुराको पनि ‘लिमिट’ हुन्छ भन्ने सुत्र अपनाउँदै दुबैजनाले तत्काल सँगसँगै फिल्म नखेल्ने निर्णय गरेको बताईएको छ ।