लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका वलिउडका भेट्रान अभिनेता विनोद खन्नाको निधन भएको छ । बिहिबार उनको उपचारको क्रममा गिरगांव स्थित एचएन रिलाएन्स फाउण्डेशन एण्ड रिसर्च सेन्टरमा निधन भएको हो ।
वलिउड मिडियाले खन्नाको निधनलाई फिल्म उद्योगको एक युगको अन्त्यको रुपमा लेखेका छन् । ७० बर्षमा संसारबाट विदा लिएका खन्नाले वलिउडमा १ सय ४४ फिल्ममा काम गरेका थिए । पंजाब लोकसभामा भारतिय जनता पार्टीको तर्फबाट संसद समेत भइसकेका थिए ।
सिनेखबर डटकमको तर्फबाट खन्नाप्रति हार्दिक श्रद्धा सुमन ।