काठमाडौं । गायक, संगीतकार तथा गीतकार कालीप्रसाद बास्कोटाद्वारा संगीतबद्ध गीत ‘साइली’ युट्युबमा भाइरल भएको केही समय बित्न नपाउँदै उनकै अर्को गीत ‘तिलहरी’ पनि भाइरल बन्दै गएको छ । नेपालमा यूट्युब टे«न्डिङको पहिलो स्थानमा रहेको गीतमा सिड्नी, अस्टे«लियामा बसेर संगीतमा उच्च शिक्षा हासिल गरिरहेका मनिष ढकालको स्वर छ । निकेश खड्काले निर्देशन गरेको भिडियो युट्युबमा
आएको केही समयमा नै एक लाख भन्दा बढि दर्शकले हेरिसकेका छन् ।
मर्मस्पर्शी शब्द, कर्णप्रिय संगीत तथा गीत अनुसारको स्वर छनोट गर्न सिपालु कालीप्रसादले युवा गायक मनिषको स्वरलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
तिलहरीको भिडियोमा निर्देशक निकेश खड्काले वैदेशिक रोजगारीको कथा समेटेका छन् । यो भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । अभिनेता कामेश्वर चौरसिया तथा रंगमञ्चकी अभिनेत्री लक्ष्मी वर्देवाले आकर्षक अभिनय गरेका छन् ।
गायक मनिष ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो । यूट्युबमा झन्डै नौ लाख पटक हेरिएको उक्त गीतमा पनि कालीप्रसादकै शब्द तथा संगीत थियो भने भिडियोको निर्देश्ँन निकेश खड्काले नै गरेका थिए ।