नेपाली पर्दामा पछिल्ला हप्ता नेपाली फिल्म नै लागेनन् । दक्षिण भारतिय फिल्म ‘बाहुबली २’ ले एकलौटी रुपमा नेपाली फिल्म रिलिज नहुनुको फाईदा उठायो । १५ करोड बढि नेपालमा विजनेस गरेको उक्त फिल्मको दबदबा यतिबेला पनि नेपाली पर्दामा कायमै छ ।
देशका मल्टिप्लेक्स हलहरुमा ‘बाहुबली २’ अहिलेसम्म पनि हाउसफुल रहँदा यो हप्ताबाट नेपाली फिल्म ‘डायरी’ प्रदर्शनमा आएको छ । अनिल योञ्जन निर्देशित फिल्म सिंगल स्कृन तथा मल्टिप्लेक्स दुबैमा लागेको छ ।
यो फिल्मबाट सुपरस्टार अभिनेत्रीको उपमा पाएकी रेखा थापाले पहिलोपटक दर्शकलाई भिलेन अबतार प्रस्तुत गर्दैछिन् । उनको अलावा छुल्ठिम गुरुङ र सन्नी सिंह फिल्ममा लिड अभिनयमा छन् ।