नम्रता श्रेष्ठ र कोशिश क्षेत्री स्टारर फिल्म ‘पर्व’ रिलिजको अन्तिम तयारीमा छ । यहि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई लिएर निर्माण टिम तथा कलाकारहरु उत्साहित छन् ।
त्यसो त छायांकनको सुरुवातमै तयार गरि रिलिज गरिएको गीत ‘काले दाई’को कारण फिल्म चर्चामा छ । युट्युवमा एक करोड बढि पटक भिजिट भइसकेको गीत सामान्य रेष्टुराँदेखि तारे होटलसम्म गुञ्जिएको कुरा नकार्न सकिन्न । यसको प्रभाव फिल्म रिलिजपछि देखिनेमा निर्देशक दिनेश राउत विश्वस्त देखिन्छन् ।
तर उक्त गीत फिल्म पर्वको नै हो त भन्ने प्रश्न समेत कहिँ कतै उठ्यो भन्ने कुरा बाहिर आउँदा निर्माण टिमले ‘काले दाई’ हाम्रै पर्वको गीत हो है भन्ने भान पुर्याउन नसकेको त होईन् अर्को कोणबाट हेर्दा उब्जिने प्रश्न हुनसक्छ । तर गीतको प्रभावलाई थाति राख्दा पनि फिल्मको ट्रेलरले अर्को हाईप बनायो, सस्पेन्स थ्रिलर जनराको ट्रेलरले मल्टिप्लेक्समा दर्शकलाई रिलिज मिति पर्खाउन लोभ्याईसकेको छ ।
सुवास गिरी र टिभी फिल्मीले निर्माण गरेको फिल्म नम्रता श्रेष्ठ र कोशिश दुबैको लागी पनि महत्वपुर्ण छ । लामो समयसम्म दिनेश राउतको निर्देशनमा आर्यन सिग्देलसँग जोडी बाँध्दै आएकी नम्रता यो पटक उनिसँग छैनन् भने ‘मोक्ष’ फिल्मको अभिनयबाट वाही वाही कमाएका कोशिश यो पटक दोश्रो फिल्म लिएर आएका छन् त्यसैले पनि यी दुईले आफ्नो आफ्नो ठाउँबाट कस्तो छाप छाड्न सक्छन् अर्को महत्वपुर्ण कुरा हुनसक्छ ।