नेपालमा पार्लर तथा सैलुन व्यवसाय सञ्चालन हुन थालेको लामो समय भैसकेको छ । बर्षौदेखि सामान्य हेयर कटिङ सैलुन तथा महिलाहरुका लागि मात्र भनेर खोलिएका ब्युटि पार्लरभन्दा स्तरिय र हाइजेनिक एवं महिला तथा पुरुषलाई एकै स्थानमा सेवा दिन सकिने युनिसेक्स सैलुनको अवधारणामा व्युटिक्लब तथा सैलुनहरुको सञ्चालन हुन थालेको भने धेरै भएको छैन ।
विश्वका सम्पन्न शहरहरुमा मात्र देखिने वा सेवाको अवसरको पाइने स्तरको युनिसेक्स सैलुनको अवधारणामा सञ्चालन थालिएको ‘दि भान युनिसेक्स सैलुन’ अब भने आधिकारिक रुपमा काठमाडौंको दरबारमार्गमा खुलेको छ । दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा हाइजेनिक, कस्मेटिक सामाग्रीहरुको प्रयोग गरिने दि भान युनिसेक्स सैलुनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता आयुष्मान देशराज श्रेष्ठ तथा मिस नेपाल २०१२ एवं चलचित्र अभिनेत्री सृष्टि श्रेष्ठले संयुक्त रुपमा गरे ।
नेपालका अनुभवी तथा भारतबाट झिकाइएका पोख्त व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट सेवा दिने बताएको दि भान युनिसेक्स सैलुनको उद्घाटनपछि उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सैलुन व्यवसायले गति लिइरहेको सन्दर्भमा दि भान जस्तो स्तरिय युनिसेक्स सैलुनबाट आफुलाई स्वस्थ तरीकाबाट व्युटि तथा हेयरको सेवा लिन सहज हुने बताईन् । अभिनेता आयुष्मान देशराज श्रेष्ठले दि भान जस्तो सैलुन हुँदा आफुजस्तो ग्ल्यामर क्षेत्रमा कार्यरतले मात्र होइन सबैले आफुलाई राम्रो देखाउन सक्ने कुरा बताए भने मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले दि भान युनिसेक्स सैलुन काठमाडौं शहरको बीचोबिच सबैभन्दा चल्तीको स्थानमा रहेकाले यो युनिसेक्स सैलुनले धेरैको मनजित्न सक्ने भन्दै सफलताका लागि शुभकामना दिईन् ।
दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध हुने सञ्चालम रमेश पराजुलील बताए । ब्राइडल प्याकेजका साथै सफा र स्वस्थ ढंगबाट सेवा दिन हामी कटिबद्ध छौं, उनले थपे, ‘हामीले आजका लागि मात्र सुन्दर अनुहार बनाउने होइन कि पछिसम्मका लागि स्कीन र हेयरमा कुनै असर नपर्ने गरी सेवाग्राहीको केश तथा छालाको पहिले जाँच गरेर मात्र काम थाल्छौं ।’