केहि दिन पहिले रिलिज भएको फिल्म ‘धनपति’को ट्रेलर युट्युवमा लोकप्रिय बन्दै गईरहेको छ । नेपाली युट्युव ट्रेण्डिङमा तेश्रो नम्बर कब्जा गरेको ट्रेलरलाई हालसम्म करिब ३ लाख पटक हेरिसकिएको छ । जहाँ दर्शकले व्यक्त गरेका प्रतिक्रिया निकै सकारात्मक छन् ।
पुर्णतः मधेशी भेगमा छायांकन गरिएको फिल्मको छायांकन स्थल तर्फ पुगेका निर्देशक दिपेन्द्र के खनालले सिनेखबरसँगको टेलिफिन संवादमा भने, ‘ट्रेलरको प्रतिक्रियाले उत्साहित छौं, ‘पशुपति’प्रसादलाई जत्तिकै माया दर्शकले दर्शाउनु हुन्छ भन्ने पुर्ण विश्वास छ ।’
फिल्म रिलिज पुर्व आएको ट्रेलरलाई फिल्म सुरु हुँदाको कास्टिङको संज्ञा दिंदै खनालले कास्टिङमा नै दर्शकको चासो र अपेक्षा बढ्यो भने पुरा फिल्मम केन्द्रित भएर माया दिए जस्तै ट्रेलरमा पाएको मायाले फिल्मलाई थप उत्कृष्ट र दर्शकको मनोभावना अनुसारको बनाउनमा प्रेरणा दिएको बताउँदै हलमा आएपछि सफलता पाउने विश्वास व्यक्त गरे । हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म असार २३ मा रिलिज हुँदैछ ।
ट्रेलरमा सयौं दर्शकले फिल्मको रिलिजलाई लिएर उत्साहित बनेको लेखेका छन् भने ‘अवेटेड’ लेख्नेको संख्या पनि उत्तिकै छ । मुख्यतः ‘पशुपतिप्रसाद’ पछि पर्दामा पहिलो पटक आउँदै गरेका अभिनेता खगेन्द्र लमिछानेको कामलाई पर्खिने दर्शकहरु धेरै निस्केका छन् भने अभिनेत्री सुरक्षा पन्तको २ मिनेट ५० सेकेण्ड भित्र देखिएको कामको तारिफ पनि उत्तिकै आएको छ ।
दुई बर्ष पहिले रिलिज सफल फिल्म ‘पशुपतिप्रसाद’को अधिकांश टिम यो फिल्ममा जोडिएको छ । टुकी आर्ट्स र दिपेन्द्र के खनाल प्रोडक्सनको व्यानरमा बनेको फिल्ममा रोजिना सिटौला र रजना नापितको लगानी छ ।