काठमाडौं । नारीको महिमा समाजमा एउटा प्रतिष्ठासँग जोडिएको हुन्छ । जसको महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिसहरु बस्दछन, त्यही भिडमा समाजको विकृति र विसंगतिविरुद्ध लड्ने कथामा सर्ट फिल्म ‘अन्जली’ निर्माण गरिएको छ ।
अमृता ओलीको लेखन तथा निर्माणका बनेको सामाजिक जनचेतनामा आधारित यो फिल्मको सुटिङ हालै सकिएको छ ।
थुप्रै म्युजिक भिडियो र सर्ट फिल्महरु निर्देशन गरिसकेका निर्देशक मदन खड्काको निर्देशनमा बनेको फिल्ममा सुरवीर पण्डित, रमा थापलिया, लब शर्मा, पल्पसा डगोल, रिचा थापा, अमृता ओली, बरुण घिमिरे, सञ्जय भण्डारी, अर्जुन श्रेष्ठको अभिनय छ ।
निर्मात्री ओलीले समाजमा विद्यमान नारीबाटै नारी प्रतिको प्रतिसोध र नारी भित्रकै शक्ति, नारीको माया र ममतामा हुँदा घरपरिवार अनि समाजमा कस्तो खालको प्रभाव पर्दछ र त्यसले कस्तो परिवर्तन ल्याउदछ भन्ने कुरा फिल्मले सम्बोधन गर्ने बताइन् ।
फिल्ममा गीतकार शिव पि सुबेदीको कथा, गीत र संगीत, टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको फिल्म काठमाडौं तथा वरपरका रमणीय स्थानमा छायांकन गरिएको छ ।