‘नदेखु जुन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी सचित खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा विकास लामीछाने र सपना लामिछानेको अभिनय देख्न सकिन्छ । दुर्घटनामा प्रेमीका गुमाउनु पर्दाको पिडा देखाउन खोजीएको भिडियोलाई धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो । गीतमा श्रीकृष्ण श्रेष्ठको स्वर, उपेन्द्र न्यौपानेको शब्द संगीत तथा दिराज श्रेष्ठको एरेन्ज सुन्न सकिन्छ । मोडल बिकास र निर्देशक सचित संचारकर्मी संगै निर्देशन र मोडलिङमा सक्रिय छन् । सिल्भर साइनले बजारमा ल्याएको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा रविन्द्र खड्काको सम्पादन रहेको छ ।