चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरियो । सडक बालबालिका, घरेलु श्रमिक बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम विरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो ।
रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन । आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हालेकी हुन । साउन ६ गतेबाट प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफु समाज सेवामा पनि सक्रिय रहीआएको र समाजकै कथालाई चलचित्रमा प्रस्तुत गरेको बताएकी छिन् । उनले सडक बालबालिकाको कथा बोकेको चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन ।
चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ । कार्यक्रममा सांस्कृतिक संघका सभापति तिर्थ थापा, वितरक गोविन्द शाही लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।