बेडसिनको कुरामा विवाद हुँदा तनहुँको बन्दिपुरमा छायांकनरत फिल्म ‘रुद्रप्रिया’को सुटिङ स्थगनको खबर छ । पछिल्लो समय नेपाली फिल्ममा ‘ईन्टिमेट’ दृश्य सामान्य बन्दै गएपनि यो फिल्ममा भने लफडा निस्केको छ । आर्यन र रेखा थापाले एकसाथ बेडसिनको दृश्य दिने कुरामा सहमति नजुटेको हो ।
श्रोतका अनुसार आर्यन र रेखाले एकसाथ स्कृन सेयर गरिरहँदा पनि ‘बेडसिन’ दिन भने तयार भएनन् । जहाँ आर्यन सिग्देलको वैवाहिक सम्बन्धलाई बाहिर ल्याईएको छ । प्राप्त समाचार अनुसार निर्माण टिमले आर्यनको वैवाहिक सम्बन्धमा प्रभाव नपर्ने किसिमले दृश्य कैद गराउँदै सुटिङ अघि बढाउने तयारीमा छ । आउटडोर दृश्य भएको कारण समस्या बताउँदै गर्दा आउटडोरमा खिच्न लागिएको ‘बेडसिन’ कस्तो हो के हो, त्यसले नै प्रश्न उब्जाएको छ ।
बबी भुपाल सिंहको निर्देशनमा बनिरहेको फिल्मको केहि दिनदेखि बन्दिपुरमा धमाधम छायांकन चलिरहेको छ । रेखा र आर्यन उक्त फिल्मका लिड कलाकार हुन् ।