पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्म ‘तिमी सँग’को टिजर रिलिज भएको छ । निर्माण टिमले शुक्रबार युट्युव मार्फत फिल्मको टिजर रिलिज गर्यो ।
सार्वजनिक टिजरमा साम्राज्ञीसँगै लिड अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसैन फिचरिङ छन् भने एक गीतमा अभिनेत्री करिश्मा मानन्धरलाई पनि देख्न सकिन्छ । तीन जना साथी साथीको यात्रा अनि त्यसमा उत्पन्न हुने प्रेमको कथा फिल्मले बोल्छ ।
‘तिमी सँग’लाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्म भदौ ८ मा दर्शकमाझ आउँदैछ ।