जयकिशन बस्नेतको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ। मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टीको नारा दिदै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्मका निर्देशक तथा निर्माता जयकिशन बस्नेत भन्छन ‘हामीले फिल्मको नारा नै मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टी राखेका छौं। त्यसकारण पनि फिल्म दर्शकका लागि रुचीकर हुनेछ।’ नारी प्रधान कथामा तयार भएकाले पनि फिल्मलाई दर्शकले मन पराउने उनको विश्वास थियो।
ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतको अभिनय छ। फिल्म तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट रिलिज हुदैछ।