केही दिन पहिला फिल्म ‘माइतीघर’की अभिनेत्री माला सिन्हा र अभिनेता सिपी लोहनी काठमाडौँ आएका थिए। उनीहरु ‘सिने सर्कल फिल्म अवार्ड’ वितरण समारोहमा सहभागिता जनाउन काठमाडौँ आएका हुन्।
सोमबार आर्मी अफिसर क्लबमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ। त्यहाँ माला र सिपि पनि उपस्थित भए। कार्यक्रममा फिल्म ‘माइतिघर’ निर्माण युनिटलाई सम्मान पनि गरिएको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले माला र सीपीलाई सम्मान गरे। सिन्हा कार्यक्रममा निकै भावुक बनेकी थिइन्। उनले नेपालका उपराष्ट्रपतिबाट सम्मानित हुन पाएकोमा एकदमै खुसि भएको बताइन्। उनले आफुलाई गरेको सम्मानबाट आफूलाई प्रेरणा मिलेको पनि बताइन्।
भारतीय फिल्म क्षेत्रमा आफ्नो छुट्टै स्थान बनिसकेकी माला नेपाली फिल्म ‘माइतीघर’मा अभिनय गर्न नेपाल आएकी थिइन्। नेपाल आएर फिल्म ‘माइतीघर’मा अभिनय गर्ने क्रममा त्यहि फिल्मका कलाकार एवं उद्योगी सीपी लोहनी प्रेममा परिन। पछि उनीहरूले प्रेम विवाह गरेका थिए।
भिडियो :-