यहि भद्र ३० गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ। शुक्रबार फिल्मका मुख्य कलाकार पल शाह,आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल चितवन पुगेर फिल्मको प्रचार प्रसार सुरु गरेका हुन्।
शुक्रबार फिल्म निर्माण युनिटले ‘जेन्टलम्यान क्लब’को नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवीलाई बिशेष सम्मान गरेको हो।समाजसेवी तथा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजन गौतम र अर्की समाजसेवी छाया श्रेष्ठलाई ‘जेन्टलम्यान क्लब’ बिशेष सम्मान गरेको हो।कार्यक्रमा बोल्दै फिल्मकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै जेन्टलम्यान भएको बताइन। त्यस्तै नायक पल शाहले आफुले एउटा राम्रो फिल्ममा काम गर्ने मौका पाएको र फिल्म पनि राम्रो बनेको भन्दै त्यहाँ उपस्थित दर्शकलाई फिल्म हेर्न अनुरोध गरे। युवा व्यबसायी तथा फिल्मका निर्माता एन्ड्रिउ पौडेलले युवा युवतीलाई ‘टार्गेट’ गरेर फिल्म निर्माण गरेको बताए।
नितिन चन्दको निर्देशनमा तयार भएको फिल्म ‘जोनी जेन्टलम्यान’मा हर्कुलस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत, रुपेश थापाको छायाँकन,नविन निरौलाको सम्पादन, प्रशान्त तामाङको नृत्य निर्देशन, प्रकाश विक्रम शाहको द्वन्द्व निर्देशन रहेको छ।