हाल छायाँकन भइरहेको चलचित्र ‘हिरो रिर्टन्स्’ को सेटबाट नायक सरोज खनालले आफ्नो लुक्स सार्वजनिक गरेका छन् । पहिलो पटक चलचित्रको पर्दामा खलनायकको भुमिका निर्वाह गर्न लागेका सरोज खनालले आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गरेको तस्बिरहरु हेर्दा उनीले ‘हिरो रिर्टन्स’ खतरनाक खलनायकको भुमिका निर्वाह गरेको देख्न सकिन्छ ।
केही दिन अगाडी राजधानीमा आयोजित चलचित्र ‘हिरो रिर्टन्स्’ को निर्माण घोषणा कार्यक्रममा सरोज खानालले आफु चलचित्रमा फरक गेटअपमा देखिन लागेको बताएका थिए । उनले सोही क्रममा चलचित्रका लागि भनेर दाह्री पनि पालेको खुलाएका थिए । सार्वजनिक तस्बिरहरु हेर्दा उनी चलचित्रमा खलनायकको भुमिकामा रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
एक तस्बिरमा सरोज खनाल खलनायकको ड्रेसअपमा कुर्सीमा बसेर हुक्का खाइरहेका छन्, दोस्रो तस्बिरहमा उनी ब्ल्याक ड्रेसमा डरलाग्दो रुपमा देखिएका छन् र तेस्रो तस्बिरमा खनाल चलचित्रका खलपात्रहरुसँग देखिएका छन् । सविन श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा सरोज खनालका अलवा रेखा थापा, दिल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।