फिल्मकर्मीहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले चलचित्र संघले आयोजना गर्दै आएको ‘नेम्पा फिल्म अवार्ड’को मनोनयन सार्वजनिक भएको छ। २०१७ सेप्टेम्बर १७ तारिखमा अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्डको लागि उत्कृष्ठ तिनको मनोनयन सार्वजनिक गरिएको हो। मनोनयनमा पर्ने व्यक्तिहरुलाई यही २०७४ साल भाद्र १९ गते काठमान्डौमा एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ।
सार्वजनिक मनोनयनमा उत्कृष्ठ तिन नायकको सुचिमा सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की परेका छन् भने नायिका तर्फ प्रियंका कार्की, केकी अधिकारी र सृजना सुब्बा पर्न सफल भएका छन्। उत्कृष्ठ फिल्मको लागि ‘छक्का-पन्जा’, ‘जात्रा’ र ‘पुरानो डुङ्गा’ मनोनित हुदा निर्देशकको लागि तिनै फिल्मबाट दीपाश्री निरौला, प्रदीप भट्टराई र रामबाबु गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ।
हेर्नुहोस् यस्तो छ मनोनयन :
१. उत्कृष्ट नृत्य निर्देशक
क. श्री रामजी लामिछाने – ‘तीन घुम्ती’ – फूल झैँ नरम……
ख. श्री विक्रम स्वार – ‘लूट २’ – ठमेल बजार…….
ग. श्री कविराज गहतराज – ‘राधा’ – छपक्कै फूल……
२. उत्कृष्ट संगीतकार
क. श्री सुरेश गैरे – ‘शब्द’ – हरपल रुवाउँछ…….
ख. श्री बसन्त सापकोटा – ‘हाउ फन्नी’ – शिर मै शिर बन्दी …….
ग. श्री राजनराज शिवाकोटी – ‘छक्का पञ्जा’ – पूर्व पश्चिम…………
३. उत्कृष्ट गायिका
क. श्री मीना निरौला – ‘लूट २’ – ठमेल बजार………
ख. श्री मिलन अमात्य, – ‘हाउ फन्नी’ – यो के हो………
ग. श्री अञ्जु पन्त, – ‘छक्का पञ्जा’ – पूर्व पश्चिम…….
४. उत्कृष्ट गायक
क. श्री स्वरुपराज आचार्य – ‘शब्द’ – हरपल रुवाउँछ……
ख. श्री युवराज चौलागाईँ – ‘पलास’ – तिमी साथ…….
ग. श्री कालीप्रसाद बास्कोटा – ‘पुरानो डुङ्गा’ – निर जैले………
५. उत्कृष्ट गीतकार
क. श्री सुरेश प्राञ्जल – ‘बाटो मुनिको फूल २’ – नरुने आँखा……..
ख. श्री दयाराम पाण्डे – ‘पलास’ – तिमी साथ हुँदा……..
ग. डा. श्री कृष्णहरि बराल – ‘शब्द’ – हरपल रुवाउँछ….
६. उत्कृष्ट छायाँकार
क. श्री शैलेन्द्र डी कार्की – पुरानो डुङ्गा
ख. श्री पुरुषोत्तम प्रधान – छक्का पञ्जा
ग. श्री पुरुषोत्तम प्रधान – लूट २
७. उत्कृष्ट सम्पादक
क. श्री निमेश श्रेष्ठ – पुरानो डुङ्गा
ख. श्री सुरेन्द्र पौडेल – लूट २
ग. श्री विपिन मल्ल – छक्का पञ्जा
८. उत्कृष्ट लेखक
क. श्री रामबावु गुरुङ्ग – पुरानो डुङ्गा
ख. श्री प्रदीप भट्टराई – जात्रा
ग. श्री दीपकराज गिरी – छक्का पञ्जा
९. उत्कृष्ट हास्य कलाकार
क. श्री विपिन कार्की – लूट २
ख. श्री बुद्धि तामाङ्ग – छक्का पञ्जा
ग. श्री केदार घिमिरे – छक्का पञ्जा
१०. उत्कृष्ट खलनायक
क. श्री सौगात मल्ल – लूट २
ख. श्री अनुप विक्रम शाही – किङ्ग
ग. श्री अर्पण थापा – बाटो मुनिको फूल २
११. उत्कृष्ट नव अभिनेत्री
क. श्री मरिस्का पोखरेल – के म तिम्रो होइन र
ख. श्री नम्रता श्रेष्ठ – गाँठो
ग. श्री श्रृष्टी श्रेष्ठ – गाजलु
१२. उत्कृष्ट नव अभिनेता
क. श्री सञ्जय गुप्ता – सफर
ख. श्री आर्यन अधिकारी – के म तिम्रो होइन र
ग. श्री आयुषमान देशराज जोशी – चपली हाइट २
१३. उत्कृष्ट सहअभिनेत्री
क. श्री मेनुका प्रधान – पुरानो डुङ्गा
ख. श्री वर्षा राउत – छक्का पञ्जा
ग. श्री रीमा विश्वकर्मा – बाटो मुनिको फूल २
४. उत्कृष्ट सह अभिनेता
क. श्री माओत्से गुरुङ्ग – पुरानो डुङ्गा
ख. श्री रवीन्द्र झा – जात्रा
ग. श्री सौगात मल्ल – ‘डाइङ्ग क्यान्डल’
१५. उत्कृष्ट अभिनेत्री
क श्री प्रियंका कार्की – छक्का पञ्जा
ख. श्री केकी अधिकारी – लभ सासा
ग. श्री श्रृजना सुब्बा – ‘डाइङ्ग क्यान्डल’
१६ उत्कृष्ट अभिनेता
क. श्री सौगात मल्ल – लुकामारी
ख. श्री दयाहाङ्ग राई – बीरविक्रम
ग. श्री विपिन कार्की – जात्रा
१७. उत्कृष्ट निर्देशक
क. श्री दीपाश्री निरौला – छक्का पञ्जा
ख. श्री रामबाबु गुरुङ्ग – पुरानो डुङ्गा
ग. श्री प्रदीप भट्टराई – जात्रा
१८ . उत्कृष्ट चलचित्र
क. पुरानो डुङ्गा
ख. जात्रा
ग. छक्का पञ्जा