-दिप्सन लुइटेल
चकलेटी नायकको उपमा पाएका जीवन लुइँटेल कुनै समयको एकदमै व्यस्त नाम हो। सुन्दर रुप, हसिलो मुहार, मिलेको ज्यान। उनको लागि मरिहत्ते गर्नेको संख्या पनि राम्रै थियो। तर, अहिले त्यो समय बदलिएको छ। सफल नायकको छबि बनाएका जीवन अहिले फिल्मको पर्दामा देखिन छाडेका छन्। पछिल्लो समय उनले अभिनय गरेका फिल्महरु लगातार फ्लप हुन थालेपछि उनि आफै फिल्म नगरीबाट टाडा रहन पुगे।
सन् २००२ मा मिष्टर नेपालको उपाधि जिते सँगै मोडलिङ र अभिनयको क्षेत्रमा वलियो उपस्थिती जनाएका नायक जिवन लुइँटेल सुरुवाती दिनमा निकै चर्चामा थिए। उनले फिल्म ‘सानो संसार’मा सानो भूमिका निर्वाह गरी फिल्म नगरीमा प्रवेश गरेका थिए। उनि अभिनित ‘नशिव आफ्नो’, ‘रिदम’, ‘अन्दाज’, ‘कसम हजुरको’, ‘नाई नभन्नु ल’ लगायत फिल्महरु सफल फिल्मको सुचिमा पर्दछन।
तर, पछिल्लो समयमा उनले अभिनय गरेका फिल्महरु लगातार फ्लप छन्। ‘रफ्युजी’, ‘जाउँ हिड पोखरा’, ‘काफल पाक्यो’ ‘सुब्बा साब’ हुदै उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘लेकसाइड’ पनि फ्लपको सुचिमा पर्न गयो।
संचिता लुइँटेलसँग जोडी बाधेर अभिनय गरेको गत वर्ष प्रदर्शित फिल्म ‘राधा’ले केहि राम्रो व्यापार गरे पनि त्यसले उनको करियरलाई पुन: माथि ल्याउन सकेन। अहिले जीवन अभिनित कुनै फिल्म प्रदर्शनको तयारीमा छैनन्। र बुझिए अनुसार उनि कुनै पनि फिल्ममा आबद्ध भएर काम पनि गर्दै छैनन्।
दुई सन्तानका बाबु बनिसकेका जीवन हाल अमेरिकामा छन्। पछिल्लो समय उनि नेपालमा भन्दा पनि बढी अमेरिकामा बस्ने गर्छन। उनको स-परिवार अमेरिकामै छ।