रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्दि तामाङ, प्रबिन खतिवडा प्रस्तुत छन्। पोस्टरमा दयाको हातमा भित्ते घडी देख्न सकिन्छ।
पौष २८ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको फिल्म ‘मिस्टर झोले’ ‘सिनेमा आर्ट’ र ‘टेकेन खड्का प्रोडक्सन’को संयुक्त लगानीमा निर्माण भएको हो। शुक्रबार फिल्ममा समावेश ‘ओखती’ बोलको गीत रिलिज गरिने निर्देशक गुरुङले जनाएका छन्।
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन्। ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतको अभिनय रहेको छ।