बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘मेला’को पहिलो गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘परिचय पाउँ’ (सैबा हो सैबा) बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। लोक लयमा निर्माण भएको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तले स्वर रहेको छ। रोमान्टिक गीत संगीतमा चर्चित अर्जुनको यो तेस्रो लोक गीत हो। उनले यसअघि ‘जाउँ हिड पोखरा’ र ‘यता तिर्खा लागेको’ बोलको लोक गीतमा संगीत भरेको थिए।
सार्वजनिक गीतको भिडियोमा पवित्रा आचार्य र गजित बिष्ट फिचारीङ छन्। पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। दिव्य सुवेदीले खिचेको भिडियोलाई शाहील खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
गीत सार्वजनिक गर्दै फिल्मले आफ्नो रिलिज मिति पनि तय गरेको छ। कत्तिक २४ गतेलाई आफ्नो रिलिज मिति तय गरेको फिल्ममा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतको अभिनय रहेको छ। ‘राज राधिका इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा मनोजकुमार मारोडियाको लगानी रहेको छ। फिल्मका प्रस्तुतकर्ता तथा लेखक हरि पन्त हुन्।