आर राजवंशीको निर्देशनमा तयार भएको फिल्म ‘शेरबहादुर’को रिलिज डेट तय गरिएको छ। माघ २६ लाई रिलिज डेट तय गर्दै फिल्मको पहिलो पोस्टर समेत सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत छन्। धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको छ फिल्ममा कोशिस क्षेत्रीको शब्द/संगीत समावेश छ।