कात्तिक २ अर्थात लक्ष्मी पुजाको दिन देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार युट्युब मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। एक्सन, रोमान्ससँगै रोदन मिश्रित ट्रेलरमा रेखा थापा, आर्यन सिग्देल, राजन ईशन लगायत फिचारीङ छन्।
रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्। सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्ममा संजय लामाको छायांकन रहेको छ।