नेपाली फिल्म जगतकी सुन्दरी नायिका हुन् नम्रता श्रेष्ठ। फिल्म नगरीमा उनको सुन्दरतासँगै अभिनयको पनि खुबै चर्चा पनि हुने गर्छ। लगभग २ दर्जन फिल्ममा काम गरेकी उनले धेरै सफल फिल्म दिसकेकी छिन्। तर अहिले उनि खाली हात बस्नु परेको छ। उनि अहिले कुनै फिल्ममा काम गर्दै छैनन्।
यो वर्षको जेठमा नम्रता अभिनित फिल्म पर्व प्रदर्शनमा आएको थियो। फिल्मले आशातित व्यापार गर्न सकेन। दर्शकले फिल्मलाई मन नपराए सँगै फिल्ममा काम गर्ने कलाकारको पनि बिरोध नै भयो। दिनेश राउत निर्देशित फिल्ममा नम्रतासँगै कोशिस क्षेत्री, माला लिम्बु, जेबिक्का कार्की लगायतको अभिनय रहेको थियो।
दिनेश राउत निर्देशित अघिल्ला २ फिल्म ‘नोवेम्बर रेन’ र ‘क्लासिक’मा आर्यन सिग्देलको जोडी भएर खेलिकी नाम्रतालई दुवै फिल्मले सफलता दिलाएको थियो। आर्यन र नम्रताको जोडीलाई दर्शकले रुचाएका पनि थिए। तर ‘पर्व’मा भने आर्यन अटाएनन्।
त्यस्तै ‘पर्व’ भन्दा पहिला नम्रता श्रेष्ठ अभिनित फिल्म ‘होमवर्क’ पनि प्रदर्शनमा आयो। तर फिल्मको हालत उही भयो। फिल्मले राम्रो व्यापार गरेन। ‘होमवर्क’मा नम्रता र आर्यन मुख्य भूमिकामा थिए।
पछिल्ला दुई फिल्म लगातार फ्लप भएसँगै उनि फिल्म क्षेत्रबाट अलि टाढा देखिन थालेकी छिन्। उनलाई आफु पर्दामा बिक्न छोडेको भान भएर फिल्म नगरेकी हुन् वा अफर नआएर त्यो बुझ्न भने गाह्रो छ। तर अहिले नम्रता फिल्म छोडेर नाटक तिर लागेकी छिन्। सेप्टेम्बर १ तारिखदेखि १० तारिखसम्म उनि नाटक ‘गोल्डेन ब्वाई’को मञ्चनमा व्यस्त भईन। नाटकको मञ्चन सकिए सँगै उनि अहिले फेरी खाली हात छिन्।