मह सञ्चारले फिल्म निर्माण गर्ने भएको छ। शुक्रबार राजधानीमा एक पत्रकार भेटघट कार्यक्रमको आयोजना गर्दै उक्त कुराको जानकारी दिइएको हो। मह सञ्चारको निर्माण तथा किरण केसीको प्रस्तुति रहने फिल्मको नाम भने ‘सत्रुगते’ रखिएको छ।
प्रदीप भट्टराईको निर्देशनमा जम्बो कलाकारको टोलि सहित निर्माण हुने फिल्म ‘सत्रुगते’ले पुराना देखि नयाँ कलाकारलाई समेत समेटेको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहनेछ।
फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा राजनराज शिवाकोटीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने छ। दिर्घ गुरुङको छायाँकन रहने फिल्मको छायाँकन कत्तिक ६ गते देखि सुरु गरिने छ।