कात्तिक १७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘फाटेको जुत्ता’को दोश्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘चोली’ बोलको गीतमा प्रियंका कार्कीको डान्स देख्न सकिन्छ।
शंकर थापाको संगीत रहेको गीतमा मिना निरौला र शंकरले स्वर दिएका छन्। निरज कँडेलको छायाँकन रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। ‘अर्जुन कुमार फिल्मस्’को व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन्।
फिल्ममा प्रियंकाका अलावा सौगात मल्ल, वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतको अभिनय छ। ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ। कमेडी जनराको निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।







