यतिबेला दशैं सम्पूर्ण नेपालीहरुको आगनमा आइसकेको छ। यस्तैमा गायक भुषण खतिवडा र दिपा पन्तको स्वर रहेको दशैँ तिहारको गीत पनि सार्बजनिक भएको छ। सार्वजनिक ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको गीतमा कृष्णहरी बरालको शब्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।
दशैं तिहारको बेला गाउँमा हुने रमाइलोलाई देखेको भिडियोमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ। भिडियोमा निर्देशक क्षेत्री र गायीका दिपा पन्तको अभिनय देख्न सकिन्छ। भिडीयोमा टंक केसीको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ।
हेर्नुहोस् भिडियो :