फिल्म क्षेत्रमा अगाडि बढ्नका लागि कुनै न कुनै फिल्मीकर्मीको साथको खाँचो अवश्य पर्छ । होइन भने, कलाकारितामा गाह्रो छ भनिन्छ । अभिनेत्री सारा यस कुरामा भने भाग्यमानी मानिन्छिन् । कारण, उनलाई अभिनेता निखिल उप्रेतीको दरिलो साथ मिलेको छ ।
फिल्म ‘रुद्र’लाई निखिल आफैले निर्माण गरेका हुन् । यो फिल्ममा निखिल मुख्य भूमिकामा थिए । आफ्नै फिल्मको ब्यानरबाट निखिलले सारालाई फिल्म क्षेत्रमा भित्राएका थिए ।
तर, निखिलले सारालाई यो फिल्ममा मात्र सिमित राखेनन् । उनले सुन्दर अभिनेत्रीलाई फिल्म ‘पिजडा ब्याक एगेन’मा पनि आफूसँगै अभिनय गराए ।
यसैले पनि होला, केही दिन अगाडि आयोजना भएको फिल्मको गीत सार्वजनिक कार्यक्रममा साराले निखिलको खुलेरै प्रशंसा मात्र गरिनन् आफूलाई करिअरमा साथ दिएको भन्दै सबैभन्दा पहिलो धन्यवाद पनि दिइन् ।