अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुप विक्रम शाही पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । यी दुइले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘जाइरा’ राखिएको छ फिल्मको घोषणा केहि दिनमा नै हुनेछ ।
यो फिल्मका लागि नम्रता लामो समयदेखि व्यायम गरिरहेकी थिइन् । फिल्मले बक्सिङको कथालाई उठान गर्न लागेको हो । फिल्मको निर्देशन अशुतोष श्रेष्ठले गर्दैछन् । यो फिल्मका लागि अनुपले पनि कडा मिहिनेत गरिरहेका छन् । फिल्मको बारेमा केहि पनि बताइएको छैन ।
तर, अभिनयको रानीको रुपमा चिनिएकी नम्रता लामो समयदेखि पर्दाबाट हराउँदा दर्शकले पनि उनको खोजी गरिरहेका थिए ।