फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गरेपछि अभिनेत्री पूजा शर्मा अन्य फिल्ममा देखिएकी छैनन् । पूजाले नयाँ फिल्मका लागि काम गरिरहेको खबर मिडियामा आएको थियो ।
अब, भने पूजा र निर्देशक सुदर्शन थापाले नयाँ फिल्मका लागि कलाकार पनि फाइनल गर्न थालेका छन् । यो फिल्मका लागि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फाइनल भएका छन् ।
माग्ने बुढाले फिल्मका लागि निकै महंगो पारिश्रमिक लिएको निर्माण टोलीले बताएको छ । यो फिल्मको छायांकन माघको अन्तिमबाट सुरु हुने निर्देशक सुदर्शन थापाले जानकारी दिए । पूजा र सुदर्शनले नै मिलेर यो फिल्म बनाउँदैछन् ।
फिल्ममा विल्सन विक्रम राई र रविन्द्र झा फाइनल भैसकेका छन् । अब, फिल्ममा पूजा, केदार, विल्सन र रविन्द्रले काम गर्नेछन् । फिल्मको नाम सार्वजनिक गरिएको छैन ।