वि.सं २०७५ साल श्रावण १ गतेबाट काठमाण्डौका हलहरुमा बक्स अफिस लागू हुने भएको छ । बक्स अफिसको मुद्दा चर्किएको बर्षौ भएपनि यो पुरा हुन सकेको थिएन । बिहिबार चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा बनेको कार्यसमितीले श्रावण १ गतेदेखि बक्स अफिस लागू गर्ने निर्णय गरेको हो ।
वैशाख १ गतेबाट भने बक्स अफिसको परिक्षण काठमाण्डौमा गरिनेछ । यसका लागि, इ टिकेटिङ लागू नभएका सम्पूर्ण हललाई चैत्र मसान्तसम्म यो सिस्टम जडान गर्न चलचित्र विकास बोर्डले निर्देशन पनि दिएको छ । काठमाण्डौ उपत्यका बाहिर भने माघ १ गतेबाट पूर्ण रुपमा बक्स अफिस लागू हुनेछ ।
बक्स अफिस कार्यन्वयन कार्यसमितीले बक्स अफिस जडान गर्ने कम्पनि ‘व्रेन डिजिट इट सोलुशन’लाई काम थाल्न पनि निर्देशन दिएको छ । कार्यसमितीका सदस्यहरुमा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।