नेपाली फिल्मको असफलता फेरि उस्तै देखिएको छ । फिल्म ‘छक्का पन्जा २’ पछि चलेका धेरै फिल्म असफल भएका छन् । स्टारदेखि नयाँ कलाकारले काम गरेका फिल्म सबै असफल बने । माघ ४ गते रिलिज भएका २ फिल्म ‘लालपूजा र पिजडा ब्याक अगेन’ दुबै चलेनन् । निखिल उप्रेती, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारले काम गरेको फिल्म चलेन ।
‘मिस्टर झोले’ले आफ्नो लगानी उठाउँदा फिल्म ‘बटरफ्लाई’ चलेन । फिल्म ‘फिर्के र राज्जा रानी’ पनि पौषको २१ गते रिलिज भए, तर दुबै चलेनन् । पौष १४ मा रिलिज भएको अष्ट्रेलियामा खिचिएको भनेर प्रचार गरिएको फिल्म ‘ह्याप्पी न्यू इयर’ पत्तासाफ नै भयो ।
फिल्म निरन्तर असफल भैरहेका छन् । तर, पनि लगानी भने हुन छाडेको छैन । फिल्म असफलताको लामो सूची भएपनि दैनिक फिल्म घोषणा भने भैरहेका छन् ।