ब्रेकअपपछि एकसाथ नदेखिएका अभिनेता आमेष भण्डारी र अभिनेत्री नीता ढुंगाना २ बर्षपछि एकसाथ देखिएका छन् । राजधानीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा नीता र आमेष एकसाथ देखिएका हुन् । एकसाथ देखिदा दुबैजना मिडियासँग कुरा गर्न गाह्रो मानिरहेका थिए ।
नीताले भने धेरै नसोध्नु उसको प्रेमिका रिसाउला भन्दै पन्छिन खोजिन् । आमेषले पनि म त सधै सिंगल नै छु, उसको प्रेमी रिसाउला भनेर कुरा टार्न खोजेका थिए । नीता आफूलाई सधै नै मनपर्ने अभिनेत्री भन्दै उनको सधै नै काम राम्रो होस् भन्दै आमेषले कामना गरे । नीताको बारेमा आफूले कहिल्यै पनि नराम्रो नसोचेको आमेषले बताए । दुबैले अब प्याचअप भन्दा पनि राम्रो काम गरेर अगाडि बढेर अगाडि बढ्ने बताएका छन् ।
फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ पछि नीता र आमेष अलग भएका थिए ।