अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीका केहि रोमान्टिक तस्बिरहरु बाहिरिएका छन् । फिल्म ‘कृ’मा समावेश भएको ‘मैले जानी नजानी’ बोलको गीतका केहि तस्बिर बाहिरिएका हुन् । फिल्मको निर्माण टोलीका अनुसार यो गीतको भिडियो सोमबार रिलिज हुँदैछ ।
गीतको भिडियोलाई स्कटल्याण्डमा खिचिएको हो । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ । गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीको रोमान्टिक अवतार देख्न सकिन्छ । दर्जन बढी टिम स्कटल्याण्ड पुगेर गीतको भिडियो खिचिएको हो ।
फिल्मको यो गीतमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेका फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
यो फिल्म भित्र अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।