अभिनेता सुनिल थापाले शुक्रबारदेखि रिलिज भएको फिल्म ‘शेरबहादुर’का लागि आफूले २ वटा बलिउड फिल्म छाडेको बताएका थिए । यो फिल्मको कथा मन परेकाले आफूले यो फिल्म गरेको उनले बताएका थिए । तर, २ वटा बलिउड फिल्म छाडेर यो फिल्म गर्दा सुनिललाई के फाइदा भयो त ? यो फिल्म गर्दा सुनिललाई केहि पनि फाइदा भएन । सुनिलले अभिनय गरेको यो फिल्म असफल भयो ।
शुक्रबार र शनिबार नै फिल्मले गतिलो व्यापार नगरेपछि सुनिल थापाको २ वटा बलिउड फिल्म छाडेर यो फिल्म गर्नुको खासै अर्थ रहेन । यो सँगै शुक्रबार रिलिज भएको अर्को फिल्म ‘पटुकी’ पनि चलेन । अभिनेत्री रजनी केसीको करिअर झनै चौपट भएको छ ।